अनसन बस्न लिपुलेक गएका बस्यालको स्वास्थयमा समस्या पछि हेलिकप्टरबाट फिर्ता ल्याइयो

दार्चुला । जिल्ला सदरमुकाम दार्चला खलंगा बाट यहि मंसिर १३ गते जिल्ला लिपुलेक अनसन बस्न गएका काठमाण्डौँका केएन बस्याललाई ब्याँस गाउँपालिका बाटै हेलिकप्टर मार्फत उद्धार फिर्ता ल्याइएको छ ।

खलंगाबाट ५ दिन पछि ब्याँस गाउँपालिकाको गागामा पुगेका बस्यालको स्वास्थ्यमा समस्या देखिए पछि शुक्रबार हेलिकप्टर मार्फत उद्धार गरिएको जनाइएको छ ।

भारतले नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरे संगै बस्याल भुमी फिर्ताको माग राख्दै अनसन बस्न लिपुलेक गएका थिए ।

बस्यालको (नाइन एन एकेजी) हेलि एभरेष्टको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सोही हेलिकप्टर मार्फत एक जना रसियन नागरिको समेत उद्धार गरिएको छ । बस्यालले लिपुलेक जान नसक्दा व्यासको गागामै १४ दिन बिताएका थिए ।

ताजा खबर

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...

लिटिलवुद्ध एकेडेमी मनायोे १४ (औ )वार्षीक उत्सव

ऐश्वर्या कुवर ।महेन्द्रनगर । कञ्चनपुरको भिनपा ४ मा अवस्थित लिटिलवुद्ध एकेडेमीले आफ्नो १४ (औ...