राजिनामा गरेका प्रकाश रावलको नाम अझै मन्त्रीको लिस्टमा

महेन्द्रनगर– झण्डै १६ करोड ठगीको मुद्धा लागेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट राजिनामा दिएका प्रकाश रावलको नाम र फोटो अझै पनि मन्त्रालयको वेबसाइटबाट (मन्त्रालयको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् ) हटाइएको छैन् ।

दुई साता अगाडि राज्यमन्त्री पदबाट राजिनामा दिएका रावलको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वेबसाइटाबाट नाम र फोटो अझै नहटाइएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी प्रकरणमा रावल समेत मुछिएका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्यमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालन समितिका पूर्व–अध्यक्ष तथा सेयर सदस्य समेत हुन ।

रावल सहित क्याम्पसका ३६ जना सेयरधनी विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

तारा प्रसाद जोशी, रुकमणी जोशी लगायतका १० जनाले उनिहरु विरुद्ध २०७५ साउन ७ गते ठगी तथा कागज किर्ते अभियोगमा जिल्ला अदालत (कञ्चनपुर) मा मुद्धा दर्ता गरेका थिए ।

 

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...