लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनमत संग्रह भएको पुष्टि

काठमाडौैं । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लिखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै बडामा जनमत संग्रह भएको तथ्याङ्क फेला परेको छ।

विसं २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्थारु भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो।

राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार उक्त अभिलेखमा महाकाली अञ्चलको सुदूरपश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत दार्चुलाका २५ पञ्चायतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए।

२५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ। यी तीनवटै स्थान अहिले व्यास गाउँपालिकामा पर्दछन्।

जनमत संग्रहमा भाग १ मा १२ र भाग २ मा १३ पञ्चायत समावेश गरिएकामा भाग १ मा शंकरपुर, गुलजर, रापला, खण्डेश्वरी, हुती, छापरी, धुलिगन्ज, अलंगा ९खलंगा०, मल्लिकार्जुन, रिठाचौपाला, खार र धाप रहेका छन्।

यस्तै भाग २ मा खरकुडा, लाली, उकु, गोकुलेश्वर, धारी, लटिनाथ, दोहोरीगाउँ, सीताला, सिप्टी, सुन्सेरा, व्यास र सर्मेली रहेका छन्।

नेपाल समाचारपत्र दैनिकले ८० वर्षअघिदेखि नै कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रका जग्गाको तिरो तिरेका हस्तलिखित प्रमाण अभिलेखालयमा सुरक्षित रहेको समाचार छापेपछि हिजो मंगलबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले तिरो तिरेको जग्गाको कागजात अभिलेखालयसँग मागेको थियो।

अभिलेखालयले माइक्रोफिल्मबाट फोटोकपी गरी हिजो मंगलबार नै उक्त प्रमाण मन्त्रालयमा पेस गरेको छ।
अभिलेखालयले केही दिनमै सो अभिलेखलाई माइक्रोफिल्ममा सुरक्षित राख्ने तयारी गरेको छ।

विसं २०६३ पुसमा नै बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेकलगायत नेपालसँग भएका सबै छापिएका र हस्तलिखित नक्सा सुरक्षित राख्न अभिलेखालयलाई निर्देशन दिएको थियो। ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...