सुदूरपश्चिममा सडक दुर्घटना बढ्दोः ४ महिनामा ३१ जनाको मृत्यु, के हेर्छ ट्राफिक प्रहरी ?

खेम जोशी
खेम जोशी
जोशी निगरानी खबर र आभाषकुञ्ज दैनिकका संवाददाता हुन् ।

महेन्द्रनगर–सुदूरपश्चिममा सडक दुर्घटना बढ्दै गएका छन् । सवारी दुर्घटनामा परि वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परि पाँच सय २१ जनाले ज्यान गुमाएका छन् । तीन वर्षको अवधिमा भएका सात सय ८९ सवारी दुर्घटनामा परि पाँच सय २१ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले निगरानी खबरलाई बताए ।

सुदूरपश्चिम प्रदेशका नौँ जिल्लामा आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म भएका दुर्घटनामा पाँच सय २१ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ । यस्तै एक हजार एक सय ३९ जना घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा एक सय ३२ जना, आर्थिक वर्ष २०७४/०७५ मा एक सय ५८ जना, २०७५/०७६ मा दुई सय २३ जनाको मृत्यु भएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा दुर्घटनामा परि ३१ जनाको मृत्यु भएको छ ।

९९ जना घाइते भएको छन् । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५१ सवारी साधन दुर्घटनामा परेका थिए । दुर्घटनामा सबैभन्दा बढि मोटरसाइकल रहेका छन् ।

सुदूरपश्चिममा भएका दुर्घटनामा पर्ने मोटरसाइकलको संख्या तीन सय दुई, बस ९५, ट्रक ६६, जीप/कार एक सय ८ र ट्रयाक्टर एक सय २५ रहेका छन् ।

सडक, छाडा चौपाया, तीव्र गति तथा मापसे सेवन गरि सवारी साधन चलाउनु लगायतका कारणले सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...