गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्दै  प्राधिकरणको टोली

महेन्द्रनगर । दुई दशकदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न स्थलगत अनुगमन गरिएको छ ।

नागरिक उड्यन प्राधिकरणको टोलीले बन्द रहेको विमानस्थलको स्थलगत अनुगमन गरेको हो । अनुगमन पश्चात् विमानस्थल सञ्चालनको सम्भाव्यता औल्याएर सो टोलीले प्रतिवेदन बुझाउने नागरिक उड्यन विभागका ईन्जिनियर प्रतिक प्रधानले बताए ।

यस्तै  नागरिक उड्यन प्राधिकरणको टोलीले स्थलगत निरीक्षण थालेपछि दार्चुलाबाट निर्वाचित  प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना, प्रदेशसभा सदस्य मानबहादुर धामी लगायतसँग छलफल समेत गरेको छ ।

दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल द्धन्दकालदेखि सञ्चालन भएको छैन् । सिंगो दार्चुला जिल्ला र वैतडी, बझाङ जिल्लाको आधाभन्दा बढि भूभागले सजिलै सेवा पाउँने गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भावनाहरु ओझेलमा परेका छन् ।

ताजा खबर

लिटिल बुद्धको १४ औं बार्षीकोत्सव सम्पन्न, ७५ हजार अनाथ वालवालिका तथा वृद्ध-वृद्धा सहयोग

महेन्द्रनगर । कञ्चनपुरको शिक्षा क्षेत्रकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले १४ औं वार्षीकोत्सव...

वर्तमान दुई तिहाईको सरकार इतिहासकै भ्रष्ट : नेता लेखक

पप्पु गुरुङ्ग, दोधारा । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री रमेश लेखकले बर्तामान दुई...

निकुञ्ज ऐन संशोधन हुने भएपछि माडीका वडाध्यक्षले तोडे अनशन

चितवन । आमरण अनशनमा बसेका वडा अध्यक्षले आज अनशन तोडेका छन् । निकुञ्ज ऐन...

फेवातालमा बेपत्ता भएका रामशरणको शव फेला

पोखरा । पोखराको फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका छन् । बेपत्ता पर्नेमा काठमाडौं...

हुण्डी कारोबारी गर्ने ४ जनाको साथबाट २७ लाखसहित पक्राउ

पर्सा । पर्सामा हुण्डी कारोबारी गर्ने ४ जना पक्राउ परेका छन् । फरक फरक...