विकास निर्माणमा फड्को मार्दै महाकाली नगरपालिकाः यसरी बन्दैछ समृद्ध

आभाषकुञ्ज– स्थानीय तहमा जनप्रतिनिधि आए पछि पश्चिमी सीमा नदी महाकाली पारी रहेको महाकाली नगरपालिकाले विकास मा फड्को मार्दै गएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिकाले एक पछि अर्को नमूना योजना कार्यान्वयनमा ल्याउदै जिल्लाकै एउटा अब्बल स्थानीय तहको रुपमा स्थापित हुदै गएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि तत्कालिन दोधारा र चाँदनी गाउँ विकास समिति मिलाएर बनाइएको महाकाली नगरपालिकाका नेतृत्वपङतीले एक पछि अर्को श्रृङखलाबद्ध रुपमा नमूना तथा उदाहरणिय योजना सञ्चालन गर्दै आएका छन् ।

महाकाली नगरपालिकाका प्रमुख बिरबहादुर सुनारको सफल नेतृत्वमा रहेको नगरपालिकाले स्थानीय तहलाई समेत चक्मा दिने किसिमले अद्धभुत विकासका मोडेलहरु अगाडि सारेको छ ।

महाकाली नगरपालिकामा जनप्रतिनिधि आएको २ बर्ष भन्दा बढि समय भएको अवस्थामा कायापलट हुने किसिमले विकास निर्माणका गतिविधिहरु अगाडि बढेका देखिन्छन् ।

महाकाली पारी जिल्लाको पुछारमा रहेका दोधारा–चाँदनीबासीहरुले स्थानीय तहमा जनप्रतिनिधि आए पछि विकासको आभाष गर्न पाएका छन् ।

भारतको सीमासंग जोडिएको महाकाली नगरपालिकाले छोटो समयमै विकास निर्माणमा नमूना तथा उदाहरणिय छलाङ्ग मारेको छ ।

जनप्रतिनिधि आइसकेपछि महाकालीमा सडक स्तरोन्तीका साथै कालोपत्रे, स्वास्थ्य, खेलकुद, खानेपानी, विद्युत, पर्यटकिय सम्भावनाका क्षेत्रमा गतिलो फड्को पारेको छ ।

×××

बिर बहादुर सुनार

न्तुलित रुपमा विकास पूर्वाधारमा फड्को मार्दै गएका छौँ । अगाडि यहाँ सडक कालोपत्रे थिएन । सडक पनि गतिलो थिएन, ग्राभेल समेत थिएन । हाल यसको मुहार फेरिएको छ । नगरका मुख्य सडक कालोपत्रे भएका छन् । कालोपत्रे नभएका ठाउँमा ग्राभेलिङ्ग भएको छ, घर–घरसम्म पुग्ने सडक ग्राभेल भएकाले कसैले सडकको समस्याले हिलोमा हिड्नु पर्ने अवस्था छैन । आइसकेपछि महाकालीमा सडक स्तरोन्तीका साथै कालोपत्रे, स्वास्थ्य, खेलकुद, खानेपानी, विद्युत , पर्यटकीय सम्भावनाका क्षेत्रमा गतिलो फड्को
मारेको छ । गाउँ गाउँमा पुल पुलेसा निर्माण भएका छन् ।

कालोपत्रे सडक सर..र..

महाकाली नगरपालिकाको समृद्धिसंग जोडिएको विकासको मुख्य आधार यातायात -सडक_ कालोपत्रे गर्ने कामले प्राथमिकता पाएको छ ।

नगरपालिकामा विकासको मुहार फेर्ने प्रमुख मुख्य आधारका रुपमा यातायातलाई लिइन्छ । सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने कामले नगरपालिकामा जनप्रतिनिधि आए पछि गति लिएको महाकाली नगरपालिकाका प्रमुख बिरबहादुर सुनार बताउँछन् ।

‘अगाडि यहाँ सडक कालोपत्रे थिएन । सडक पनि गतिलो थिएन, ग्राभेल समेत थिएन । हाल यसको मुहार फेरिएको छ ।’ उनले भने, ‘नगरका मुख्य सडक कालोपत्रे भएका छन् ।

केही सहायक सडकमा पनि कालोपत्रे भएका छन् । नभएका ठाउँमा ग्राभेलिङ्ग भएको छ, घर–घरसम्म पुग्ने सडक ग्राभेल भएकाले कसैले सडकको समस्याले हिलोमा हिड्नु पर्ने अवस्था छैन ।’ उनका अनुसार गल्ली गल्लीका सडक स्तरोन्नती भएका छन् ।

सडकको निकै समस्या रहेको एसियाको दोस्रो लामो झोलुङ्गे पुलदेखि सीमासंग जोडिएको कुतियाकबरसम्म जोड्ने सडक कालोपत्रे भएको छ । झण्डै ३० करोडको लागतमा नगरपालिकामा सडक कालोपत्रे भएका हुन ।

नगरपालिकाको रिङ्गरोडका रुपमा स्याउले बजार, वडा नम्बर १ हुदै कुतियाकबरसम्म १४ किलोमिटर कालोपत्रे सडक केही निर्माण भएको र निर्माणको अवस्थामा रहेको नगर प्रमुख सुनार बताउँछन् ।

Image may contain: one or more people, tree, motorcycle, sky and outdoor

×××

यस्तै नगरपालिकाको समृद्धिसंग जोडिएको केन्द्रीय कृषि सडकको काम समेत सुरु भएको नगर उप–प्रमुख चिनी गिरीले बताइन । २१.५ किलोमिटर लम्बाईको उक्त सडकको अर्को बर्ष निर्माण सम्पन्न हुने उनले बताइन ।

दुई चरणमा सडक कालोपत्रे भइरहेको हो । १०=५ किलोमिटर कृषि सडकको यस वर्ष निर्माण हुने र त्यसको बेस राख्ने काम समेत सम्पन्न भएको छ । यस्तै ११ किलोमिटर सडक अर्को वर्ष निर्माण हुने छ ।

‘हामी आएको दुई वर्षभित्र नै विकासले नगरमा काँचुली फेरेको छ । विभिन्न कारणले रोकिएका योजना सञ्चालनमा आएका छन् । विकास निर्माणले गति लिएको छ ।’ उनले भनिन्, ‘चुनावी बाचा बमोजिम काम गर्दै गएका छौँ । नगरवासीसंग बुझ्दा सबैबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।’

एक वर्षमा नगरपालिकाका प्रत्येक वडामा कम्तिमा दुई सडक कालोपत्रे गर्ने रणनिती अघि सारिएको उनले बताइन । नगरपालिकामा रहेको विद्युक्तको कटौती तथा भार कमको समस्या समाधानका लागि नगरपालिकाले एक करोड ४० लाखमा २४ वटा ट्रान्सफर्मर खरिद गरेको छ ।

चिनी गिरी

हामी आएको दुई वर्षभित्र नै विकासले नगरमा काँचुली फेरेको छ । विभिन्न कारणले रोकिएका योजना सञ्चालनमा आएका छन् । चुनावी बाचा बमोजिम काम गर्दै गएका छौँ । नगरवासीसंग बुझ्दा सबैबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ नगरपालिकामा रहेको विद्युक्तको कटौती तथा भार कमको समस्या समाधानका लागि २४ वटा ट्रान्सफर्मर खरिद गरिए ।आफ्नै नयाँ भवन समेत निर्माण भइरहेको छ ।

×××

स्थानीय तहमा जनप्रतिनिधिहरु आए पश्चात् महाकाली नगरपालिकामा विकासको पूर्वाधार सडक स्तरोन्नतीले गतिलो फड्को मारेको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताए ।

‘जनप्रतिनिधि आएपछि महाकाली नगरपालिकाका लागि भएको पहिलो उपलब्धी भनेको सडक स्तरोन्तनी, कालोपत्रे हुनु हो ।

सडकको प्रमुख समस्या रहेको यहाँ हाल आउनेहरुले सडकको स्तरोन्नततीलाई देखेर खुसि व्यक्त गर्छन ।’ उनले भने, ‘विकासको मेरुदण्ड सडक विस्तार, स्तरोन्नती भए अब नगरपालिकाले अन्य पूर्वाधारमा पनि फड्को मार्नेमा कुनै शंका छैन ।’

नगरपालिका अन्तर्गतका अधिकाश प्रमुख सडकमा कालोपत्रे भएको उनले बताए ।

×××

पर्यटन विकास

पर्यटकीय सम्भावनाले भरिपूर्ण महाकाली नगरपालिकाले पर्यटन क्षेत्रको विकासलाई समेत प्राथमिकता दिएको छ ।

एसियाको दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलसहित नगरभित्र रहेको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकासमा नगरपालिका जुटेको हो ।

दोधारा–चाँदनी झोलुङ्गे पुल रङ्गरोगन तथा बत्ती जडानका लागि प्रदेश सरकार तथा नगरपाकिला गरेर झण्डै एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिकाले पुलमा सौर्यबत्ती जडान गरेपछि अब झोलुङ्गे पुलमा रङ्गरोगन गरिने भएको छ । त्यसका लागि ठेक्का समेत भएको नगर प्रमुख सुनारले बताए ।

यस्तै नगरभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचानका साथ प्रचार प्रसारलाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

महाकाली नगरपालिकाको चाँदनीमा ५ करोडको लागतमा भ्यू टावर निर्माण भइरहेको छ ।

जसको डीपीआर तयार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताए ।

 

गणेश दत्त मिश्र

नप्रतिनिधि आएपछि महाकाली नगरपालिकाका लागि भएको पहिलो उपलब्धी भनेको सडक स्तरोन्तनी, कालोपत्रे हुनु हो । सडकको प्रमुख समस्या रहेको यहाँ हाल आउनेहरुले सडकको स्तरोन्नततीलाई देखेर खुसि व्यक्त गर्छन । विकासको मेरुदण्ड सडक विस्तार, स्तरोन्नती भए अब नगरपालिकाले अन्य पूर्वाधारमा पनि फड्को मार्नेमा कुनै शंका छैन । नगरपालिका अन्तर्गतका अधिकाश प्रमुख सडकमा कालोपत्रे भएका छन् । वास्तवमा जनप्रतिनिधि आए पछि नगरपालिकाले विकासमा गति लिएको छ ।

×××

नगरपालिकाको आफ्नै भवन, १५ शैयाको अस्पताल

भाडाको भवनबाट सेवा प्रदान गरिरहेको नगरपालिकाको आफ्नै नयाँ भवन बन्ने भएको छ । सात करोडको लागतमा महाकाली नगरपालिकाको आफ्नै भवन बन्न लागेको उप–प्रमुख चिनी गिरी बताउँछिन् ।

भवन निर्माणको ठेक्का भएको छ । यस्तै महाकाली नगरपालिकामा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै १५ शैयाको बनाइने प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए ।

अस्पतालको स्तरोन्नती भए पछि सामान्य उपचारका लागि पनि भारत तथा महेन्द्रनगर आउनु पर्ने समस्या हट्ने उनले बताए ।

×××

नगरका गौरवका योजना

महाकाली नगरपालिकाले कृषि क्षेत्र उकास्नका लागि त्यस क्षेत्रमा ३० करोडको लागतका कोल्ड स्टोर स्थापना गर्दै छ ।

नगरको गौरवको योजना अन्तर्गत नगरपालिकामा ५ करोडको लगानीमा सामुहिक आवास निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए । नगरपालिकाभित्रका आवासविहिनहरुलाई त्यहाँ आश्रय दिइने उनले बताए ।

यस्तै ३० लाख बजेटमा नगर प्रमुख विपन्न आवास कार्यक्रम र २९ लाखमा उप– प्रमुख विपन्न आवास कार्यक्रम सञचालन गरिएको छ । जस अन्तर्गत हालसम्म नगरपालिकाभित्रका १७ विपन्न परिवारका लागि घर टहरा निर्माण गरिएको छ ।

खानेपानीका लागि १३ करोडको लागतमा नगरपालिकाको ७ नम्बर वडा र बाबाथानमा ११ लाखको लागतमा एक÷एक गरी दुई वटा आयोजना सञ्चालनमा आएका छन् ।

महाकाली र जोगबुढा नदीको कटान नियन्त्रणका लागि राष्ट्रपति चुरे तराई मधेश विकास समितिबाट ६ करोड ६५ लाखको लागतमा जोगबुढा नदिमा तटबन्ध गरिएको छ ।

ताजा खबर

दोधारा चाँदनीमा क्वारेन्टाईन निर्माण

दोधारा । माहाकाली नगरपालिकामा क्वारेन्टाईन निर्माण कार्य सम्पन्न गरिएको छ । माहाकाली नगरपालिकाको कोरोना...

भारत जंगल हुदै आएका नेपालीहरुलाई माहाकाली नगरपालिकाद्धारा खान र बस्न ब्यवस्था

दोधारा । कोरोना भाइरस (कोभिड १९) को प्रकोप बढ्दै गएपछि सरकारले नेपाल–भारत सिमा क्षेत्रमा...

निड्स नेपालद्धारा माहाकाली नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दोधारा । कोरोना भाइरस (कोभिड १९) को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी निड्स नेपाल...

दोधारा चाँदनीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुलाई सेनिटाइजर वितरण

दोधारा । कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र...

दोधारा चाँदनीमा विदेशबाट आएका नेपालीहरु निगरानीमा, लगत संकलन सुरु

दोधारा । कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा वैदेशिक रोजगारीमा भारत लगाएत अन्यमुलुक गएर माहाकाली...