महेन्द्रनगरमा कपडा बैंक स्थापना हुदै

देबेन्द्र खड्का
महेन्द्रनगर १० असोज 

महेन्द्रनगरमा पनि कपडा बैंकको स्थापना हुने भएको छ ।

महेन्द्रनगरका सबै लायन्स तथा लियो कलबको साझेदारीमा भिमदत्त नगरपालिका ४ भगत्तपुरमा उत्त बैंक स्थापना हुन लागेको हो ।
बैंकले प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जनजिवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने लायन्स कलब ३२५ बि २ नेपालका डिस्टिक एड्भाईजर लायन्स डा.भोजराज पन्तले बताए ।

उनले भने ‘हामिले यो कार्यक्रमको नाम लायन्स नोबल वाल्स राखेका छौ ।’ उक्त लायन्स नोबल वाल्स तथा कपडा बैंकको उदघाट्न १३ असोज मा गरिने डा.पन्तले बताए ।

बैकमा जो कोहि ले नि प्रयोग गर्न योग्य कपडा, शिरक, डसना,तन्ना, भाडा लागायतका सामान दान गर्न सक्ने र जो कोहिले आवश्यक पर्ने उत्त बैंकमा भएका सामान लग्न पाउने पन्तले बताए ।
हाल लायन्स नोबल वाल्स को कोठाको सजावट तथा कपडा संकलनको काम भैरहेको छ ।
यसबाट जो कोहि लाई पनि सहयोग हुने छ । लायन्स /लियो कलबले यस्ता सामाजिक कार्य निरन्तर गर्दै आएको छ । कसैले पनि सहयोग गर्न ९८५८७५०५१० डा. भोजराज पन्त , ९८१२६१९००७ लियो देबेन्द्र लाई सम्पर्क गर्न सकिने छ