धनगढीमा मोटरसाईकल दुर्घटनामा परि तीन जना घाईते


निगरानी खबर
धनगढी ६ असोज।

सोमवार धनगढीमा जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् ।


धनगढी उप–महानगरपालिका स्थित वडा नम्बर ६ ढुङ्गे बजारमा बा २ झ ३८१ नम्बरको जीप र से ४ प ८१०९ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदा तिन जना घाईते भएका कैलाली प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार बर्दागोरिया गाँउपालिका वडा नम्बर १ का ३१ वर्षिया लक्ष्मी रिमाल र ३५ वर्षिय नन्दबहादुर साउँद तथा जीप चालक ४७ वर्षिय हेमराज विष्ट घाईते भएका कैलाली प्रहरी ले जनाए ।


हाल उनीहरुलाई प्रादेशीक अस्पताल सेतीमा उपचारका लागि ल्याइएको छ ।